search

प्रअ मेहताविरुद्ध वडाध्यक्षको पत्रकार सम्मेलन

पढ्न छुटाउनुभयो ?

वीरगज, १३ भाद्र । वीरगज-१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद मेहताविरुद्ध वडाध्यक्ष महबुब एलाहीले पत्रकार समेलन गरि प्रअ माथी गम्भिर आरोप लगाएका छन ।

एलाहीले आफनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रअ मेहताले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा सहयोग शुल्कको नाममा पैसा असुल गरेको आरोप लगाएका थिए । प्रअ मेहता आएदेखी बिद्यालयमा बिभिन्न शुल्कको नाउमा बिद्याथीहरुसंग रकम असुल गरिदै आएको दावी गरे ।

मेहताको बारेमा वडा अध्यक्ष ऐलाहीका अनुसार महानगरले महागरभित्र रहेका बिद्यालयहरुले कुनै पनि शुल्क नउठाउन पत्रचार गरेपनि प्रअ मेहताले पत्रलाई बेवास्ता गरि आफु खुशी लिखीत नभएर मौखीक शुल्क उठाई रहेको आरोप लगाए । बिद्यालयको कम्पाउण्डमा रहेका एक पुस्तक पसलका साहुले उक्त रकम उठाई रहेको आरोप संचारकर्मीहरुालई जानकारी दिए । शुल्क उठाएको बारे आफुलाई थाहा हुन साथ बिद्यालयमा पुगी सोधीखोजी गर्दा उल्टै धाक देखाएको दावी गरे । छोरा ईन्सपेक्टर हो आफुले माईस्थापन बिद्यालय देखाएको प्रर्दशन स्मरण गराउदै प्रअ मेहताले धम्काएका थिए ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीहरूसँग कुनै पनि आर्थिक शुल्क नउठाउन निर्देशन दिएको तर सो बिद्यालयले उठाएको गुनासो आएपछि आफनो अधिकारको कुरा म ७ महिना अगाडी सो बिद्यालयमा पुगेको बताए । तर प्रअ मेहताले गएराती आफु बिरुध समाजिक संजालमा लेखेको कुरा सत्य नभएको बताउदै उनी बिरुध सिसगो जनप्रनिधितीहरु लागी परेको बताए । मेयर राजेशमान सिंह र शैक्षिक प्रशासन महाशाखालाई समेत अनियमितताको विषयमा जानकारी गराउँदा कुनै कारबाही नभएको भन्दै उनीहरू पनि मेहतासँग मिलेको आरोप लगाए ।

Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads