search

spot_img
spot_img

दुई मोटरसाइकल एकआपसमा जुध्दा दुईजनाको मृत्यु, एक घाइते

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ भदौ । बारा जिल्लाको वीरगंज–पथलैया सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
आज दिउँसो १ः१० बजेको समयमा जितपुर सिमरा उ.म.न.पा.–२ पानी ट्याङ्कीनजिक सिमराबाट पथलैया जाँदै गरेको बा ९० प ६७९४ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको बा.प्र. ०६–००३ प १७५३ नं. मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा बा ९० प ६७९४ नं. को मोटरसाइकल चालक रौतहट जिल्ला गुजरा गापा–७ परसवा बस्ने पारसनाथको छोरा वर्ष २५ को रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको र प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बा.प्र. ०६–००३ प १७५३ नं. मोटरसाइकल चालक सप्तरी बसवलपुर न.पा. ७ बस्ने जयकान्त पण्डितको छोरा वर्ष २८ को महेश पण्डितको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । उनको एल.एस. न्युरो परवानीपुर बारामा उपचारको क्रममा २ः४५ बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
यसैगरी मोटरसाइकलको पछाडि बस्ने देवल चौधरीको छोरा वर्ष ३४ को भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको एल.एस. न्युरो परवानीपुर बारामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सहीद यादवको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

वीरगंज, १५ भदौ । स्वराज आन्दोलनका प्रथम सहीद राममनोहर यादवको ८औं स्मृति दिवसको अवसरमा पर्साको विभिन्न ठाउँमा जनमत पार्टी...

सम्बन्धित खबर

- Advertisement -neelambads