search

spot_img
spot_img

चोरी र लागूऔषध कारोबारको कसूरमा एकजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ भदौ । चोरी र लागुऔषध कारोबारको कसुरमा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वीरगंज महानगरपालिका–१६ का शेख साहेबजान मियाँलाई चोरी गरेको आरोपमा अनुसन्धान गर्ने क्रममा उनको कोठाबाट लागुऔषध र ठूलो मात्रामा नगद तथा गरगहना बरामद गरिएको जिप्रका, पर्साले जनाएको छ । भदौ ६ गते वीरगंज–१५ शिरोमणी टोलस्थित रामपुकार प्रसाद यादवको घरमा चोरी भएको थियो । घरधनी सविता कुमारी देवी बाहिर गएको मौका पारी चोरले ताल्चा फुटाएर भारतीय र नेपाली रुपियाँ गरी करिब २ लाख ५४ हजार ८ सय रुपियाँ र सुन–चाँदीका गरगहना चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजको आधारमा मियाँँलाई भदौ ८ गते नियन्त्रणमा लिएको थियो। उनी यसअघि पनि पटकपटक चोरीको कसुरमा सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा मियाँँको घरमा खानतलासी गर्दा प्रहरीले ९ किलो ८०९ ग्राम गाँजा, एक थान डिजिटल तराजु, विभिन्न सुनका गरगहना, चाँदीका गरगहना र स्रोत नखुलेको १५ लाख १५ हजार रुपियाँँ नगद बरामद गरेको छ। चोरी र लागूऔषध कारोबारको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सहीद यादवको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

वीरगंज, १५ भदौ । स्वराज आन्दोलनका प्रथम सहीद राममनोहर यादवको ८औं स्मृति दिवसको अवसरमा पर्साको विभिन्न ठाउँमा जनमत पार्टी...

सम्बन्धित खबर

- Advertisement -neelambads