search

बडहर्वा चोकबाट बेवारिसे अवस्थामा महिलाको उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ भदौ ।  मानवसेवा आश्रम वीरगंजले सोमवार बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा न. १८ बडहर्वा चोकबाट  मानसिक अवस्था कमजोर भएको एकजना महिलाको उद्धार गरेको छ ।

अन्दाजी ४० वर्षीय उक्त महिलाले आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसकेपछि उद्धार गरिएको मानवसेवा आश्रम वीरगंजले जनाएको छ ।

आश्रम लगे पश्चात उनको सरसफाई नुहाइ धुहाईपछि डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचार हुनेछ ।  मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारू, आश्रमकी संयोजक मुना मगर, आश्रमका स्वयम्सेवक सरोज वि.क, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह, वडाध्यक्ष चतुर बाबु वाग्ले लगायतले महिलाको उद्धार गरेका थिए ।

 

Facebook Comments Box

ताजा खबर

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

न्युयोर्क, १९ कात्तिक (रासस/एएफपी) : अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले...

सम्बन्धित खबर

- Advertisement -neelambads