काठमाडौं, १७ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना)लाई पार्टीको सदस्यता प्रदान गरेका छन् । जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय मध्य–बानेश्वरस्थित पार्टी कार्यालयमा उनीहरुलाई अध्यक्ष डा राउतले सदस्यता प्रदान गरेका हुन् । जनमत पार्टीको बिचार र सिद्धान्त तथा डा.सिके राउतको त्याग र दुरदर्शी नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको गुप्ता र पटेलले बताए । कार्यक्रममा राष्ट्रिय प्रवक्ता डा. सरद सिह यादव, केन्द्रिय सचीव बिगु चौधरी, कार्यकारी सदस्य माधव सिंह, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्पm, नेता भुपेन्द्र साह, पर्सा युवा अध्यक्ष उदय यादव लगायतको उपस्थित रहेको थियो । पर्सामा गाउँ–गाउँबाट युवा र महिलाहरूको जनमत पार्टीमा प्रवेश गर्ने लहर नै चलेको र आउने दिनमा पर्सा जिल्लामा जनमत पार्टी सशक्त रूपमा स्थापित जिल्ला अध्यक्ष सरार्पmले दावी गरेका छन् ।
Facebook Comments Box