search

spot_img
spot_img

खानेपानी मन्त्रीसँग विवाद गरेकी महिलाको फेरी ३ दिन म्याद थप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ ।

खानेपानी मन्त्री प्रदीप यादवसँग फोन संवादको अडियो भाइरल भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यो सँगै उनको हिरासत अवधि लम्बिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले मुद्दा अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी दिए। साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।

साहलाई मन्त्रीका स्वकीय अधिकृत हरिनद्र साहले दिएको जाहेरीका आधारमा शनिवार पक्राउ गरिएको थियो। उनी बाराको कलैया घर भई हाल वीरगंजको मुर्लीमा बस्दै आएकी छिन।

गत शुक्रवार राति सामाजिक सञ्जालमा मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवादको अडियो सार्वजनिक भएको थियो। अडियोमा किरणले वीरगंजमा फैलिएको हैजा र दूषित पानीको विषयमा मन्त्रीलाई कडा प्रश्न गरेकी थिइन।

उनले आफ्नो परिवारका सदस्य पनि हैजाका कारण अस्पतालमा भर्ना भएको भन्दै मन्त्रीलाई वारम्वार फोन गर्दा पनि सम्पर्कमा नआएको भन्दै आक्रोश पोखेकी थिइन। अडियोमा उनले ‘म तपाईंलाई छोड्दिनँ’ भन्दै बोलेको सुनिन्छ।

यो घटनाले सार्वजनिक बहस सिर्जना गरेको छ। एकातर्पm नागरिकले जनप्रतिनिधिलाई प्रश्न गर्दा कानूनी झमेलामा पर्ने अवस्था आएको छ भने अर्काेतर्पm मन्त्रीका समर्थकले आज साहलाई कारबाई गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा प्रदर्शन गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads