search

spot_img
spot_img

ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । जिल्ला प्रहरी कार्यालय, बाराले सिम्रौनगढ नगरपालिकाबाट १३८ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २, नयका टोलस्थित ३५ वर्षीया रिता देवी यादवको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा खाटमुनि जुट र प्लाष्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १३८ किलो ७०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित घरधनी रिता देवी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितले जानकारी गराएका छन् । यसैगरी बाराकै जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थितमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक राजहरण यादवको कमाण्डमा खटिएको टोलीले ५ किलो गांजासहित एकजनालाई पक्राउ गरेको छ । पथलैयाबाट जैतापुर जाँदै गरेको बिआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ट्यांकी मुनि फल्स बटम बनाई लुकाइ ल्याइएको ५ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–११ खेस्रोल बस्ने मदन यादवका छोरा अन्दाजी २० वर्षीय मुना यादव रहेको डिएसपी पण्डितले जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads