search

सामान्य उपचारपछि साह पुनः हिरासतमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौं । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन वार्तालाप सम्बन्धी विवादमा पक्राउ परेकी किरण साहको सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा राखिएको छ ।
पेटमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको डिएसपी किशोर लम्सालले बताए । गत शनिवार पक्राउ परेकी साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको अभियोगमा अनुसन्धान भइरहेको छ। मंगलवार जिल्ला अदालत पर्साबाट दोस्रो पटक तीन दिनको म्याद थप गरिएको थियो।
गत शुक्रवार राति मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रीका स्वकीय सचिव हरिन्द्र साहले दिएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads