search

spot_img
spot_img

किरण साह आज रिहा हुने संकेत

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ भदौ । संघीय खानेपानी मन्त्री प्रदीप यादवले आज किरण साह रिहा हुने संकेत गर्नुभएको छ।
आज आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले यस प्रकरणमा आफूलाई नजोड्न आग्रह गर्दै आजको दिन किरणका लागि फलदायी हुने विश्वास व्यक्त गरेकाले किरण आज रिहा हुने अड्कल गरिएको हो। विधि विधानभन्दा माथि कोही नभएको र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा पर्सा प्रहरीलाई धन्यवाद दिनुभयो।

अंकुशसँग कुरा गर्दै मन्त्री यादवले जनताको समस्या सुन्न र निराकरण गर्न नै आफू पदमा रहेकोले गाली र ताली दुवैलाई सहर्ष स्वीकार गर्ने गरेको बताउनुभयो। उनले भोलिको दिनमा पदमा रहेको मान्छेलाई झकझक्याउन पाइने तर गालीगलौज र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा राखी दिँदा यो मुलुकमा कानुनअनुसार कारबाही पनि हुने रहेछ भन्ने सन्देश जनतामा प्रवाह हुनु जरुरी रहेको बताउनुभयो।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले नागरिकहरूमा आशा र भरोसा साथै वितृष्णा पनि जगाउने गरेकोले समाज र राष्ट्रलाई सर्वोपरी ठानी सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न आग्रह गर्नुभयो।
किरण साहसँग आफ्नो व्यक्तिगत कुनै पूर्वाग्रह नभएकोले यस घटनालाई अतिरञ्जित नगर्न आग्रह गर्दै आगामी दिनमा उनको भविष्य उज्ज्वल रहोस् भनी मन्त्री यादवले शुभकामना व्यक्त गर्नुभयो।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads