search

spot_img
spot_img

भोजपुरी कलाकार किरण साहलाई धरौटीमा रिहा गर्न आदेश

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवलाई फोन संवादमा धम्की दिएको विद्युतीय अपराध समेतगरेको मुद्दामा पर्सा जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतको इजलास नं. ९ का न्यायाधीश कमलकान्त जोशीको इजलासले यस्तो आदेश गरेको हो ।
पर्सा प्रहरीले भदौ १८ गते उक्त घटनाको छानबिन गरी सरकारी वकिल कार्यालयमार्फत पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।
खानेपानीमन्त्री यादवका निजी स्वकीय हरिन्द्र साह साहले सांसदलाई धम्की दिएको, विद्युतीय अपराध गरेको र झूटो अफवाह फैलाएको भन्दै तीनवटा मुद्दामा कसूर गरेको भन्दै पर्सा प्रहरीमा जाहेरी दर्ता गराए तापनि सो मुद्दालाई सरकारी वकिलले विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्दै पर्सा जिल्ला अदालतमा एउटा अभियोग मात्र दर्ता गरेको थियो ।त्यसैमा आज थुनछेक बहस भएपछि यस्तो आदेश आएको हो ।
 
उक्त मुद्दामा जाहेरवालाको तर्फबाट अधिवक्ता प्रमोद साह, सरकारको तर्फबाट सहायक न्यायाधिवक्ता अनन्तराम न्यौपाने र किरण साहको तर्फबाट अधिवक्ता विनोद कुमार मल्लिक, राजेशकुमार मल्लिक र अजय स्वर्णकारले बहस गरेका थिए ।
गत शुक्रवार खानेपानीमन्त्री यादवसँग फोन संवादमा धम्की दिएको अडियो लिक भएपछि पर्सा प्रहरीमा परेको जाहेरीको आधारमा शनिवार किरण साहस्थित डेराबाट पक्राउ परेकी थिइन् । उनको घर बारा, कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरको हो । उनी भोजपुरी कलाकार हुन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads