search

spot_img
spot_img

हैजा नियन्त्रणका लागि श्रीजंग गणका चिकित्सक खटिए

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २२ भदौ । पर्सा जिल्लामा हाल देखापरेको हैजा रोगको संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगंजस्थित श्री श्रीजंग गणबाट चार जना प्यारामेडिक चिकित्सकहरू खटिएका छन ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास र श्री श्रीजंग गण्का गणपति लोकेन्द्र कार्कीको भएको बैठकमा मेसु डा. दासको विशेष अनुरोध पश्चात गणबाट चारजना प्यारामेडिक चिकित्सक बिहिबार देखी अस्पतालमा खटाइएका हुन ।

श्रीजंग गणका प्रमुख लोकेन्द्र कार्कीका अनुसार हाल हैजाको कारण सिर्जित आपतकालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राखी तत्कालको सहयोगस्वरूप चिकित्सक टोली पठाइएको हो । उहाँले स्थानीय तह, अस्पताल तथा सुरक्षाकर्मीबीचको सहकार्यबाट रोग नियन्त्रणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालमा उपचाररत बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिएका छन ।
हाल नारायणी अस्पतालमा हैजाका कारण प्रभावित बिरामीहरूको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइमा ध्यान दिने र आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन ।
यसअघि पनि प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा नेपाली सेनाले उपचार, उद्धार तथा राहतमा अग्रसर भई स्थानीय समुदायलाई सहयोग गर्दै आएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवमा आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज, २२ भदौ । मधेश विश्वविद्यालयले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads