search

spot_img
spot_img

१३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

पर्सा, २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ ।
कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मङ्गलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्रका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताउनुभयो ।
“कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए”, उहाँले भन्नुभयो, “पटक–पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।” कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदीबन्दी पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिनुभयो ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताउनुभयो । अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म...

सम्बन्धित खबर

- Advertisement -neelambads