search

महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ घर भई वीरगंज महानगरपालिका–१० अशोकवाटीकामा डेरा लिएर बस्दै आएका २२ वर्षीय सुधीर पटेल रहेको नगर प्रहरीले जनाएको छ । आइतवार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले पटेललाई लुटिएका विभिन्न सामानसहित पक्राउ गरेको हो।
पटेलको साथबाट ९ थान कम्युटरको हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियूका साथै विभिन्न केबल र अन्य विद्युतीय उपकरणहरू बरामद गरिएको नगर प्रमुख भुसालले जानकारी गराएका छन् ।
पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको र आजगनी तथा लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको नगरप्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads