search

वीरगंजको केही क्षेत्र दंगाग्रस्त घोषणा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौं । वीरगंजको केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र वीरगंज कारागार कार्यालय र त्यसको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । वीरगंजको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि बेलुकी ९ बजेसम्म निषेधाज्ञा र बेलुकी ९ देखि बिहान ५ सम्म लगाइएको कफ्र्यु आदेश जारी नै रहेको छ ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads