search

लुटपाट भएका सामान बुझाउन जीतपुरसिमराको अपिल

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको लुटपाटको घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आग्रह गरेको छ । आइतवार उपमहानगरपालिकाले सूचना जारी गर्दै जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा भएको लुटपाट र तोडफोडको घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, फर्निचर, महवपूर्ण कागजात तथा कर्मचारीका निजी सवारी साधनलगायतका सामग्रीहरू लुटिएको जनाएको छ । ती सामग्रीहरू कुनै पनि कारण वा माध्यमबाट कसैले देख्नु भएमा, भेटाउनु भएमा वा आफ्नो कब्जामा लिएको भए नजिकको सुरक्षा निकाय, वडा कार्यालय, वा स्वास्थ्य संस्थामा बुझाइदिन अनुरोध गरेको छ । यस कार्यमा सहयोग गर्ने व्यक्तिको पहिचान गोप्य राखिने प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले अनुरोध गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads