search

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपाङ्ग्रे गाडी चारथान, मोटरसाइकल चारथान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । रासस
Facebook Comments Box

ताजा खबर

बारामा किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

वीरगंज , मसिर - १२ बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति एक पुरुषको घाँटी रेटेर हत्या भएको छ। हत्या गरिएका व्यक्ति...

सम्बन्धित खबर

- Advertisement -neelambads