पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सोमबारदेखि कात्तिक १० गतेसम्म वीरगञ्जमा सहुलियत दरको पसल सञ्चालन गरिने जानकारी दिनुभयो । “दसैँदेखि छठपर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम रु दुई छुट दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ ।” ग्राहकले प्रतिकिलोग्राम नुन रु २४ लाग्नेछ ।
त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई रु २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई रु १४५० मूल्य तोकिएको छ । रासस

Facebook Comments Box