वीरगज, २ असोज । नवदुर्गा पूजा समिति निलकण्ठवाले आयोजना गरेको कार्यक्रममा दुई महिलासहित ४१ जनाले रक्तदान गरेका छन् । कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुशवाहालगायतले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाको सहकार्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दया सिन्धु कुशवाहा, प्रहलाद चौरसिया, नेपाल रेडक्रस सोसाइटी, रेशमकोठीका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहालगायतको सहभागिता थियो ।
Facebook Comments Box