search

परवानीपुर सबस्टेशनमा आगलागीका कारण विद्युत अवरुद्ध

पढ्न छुटाउनुभयो ?

वीरगज, २ असोज । बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित १३२ केभी सबस्टेशनमा आगलागी भएपछि बुधवार र बिहीवार विद्युत् अवरुद्ध भएको थियो । बुधवार दिउँसो आगलागी भएपछि अवरूद्ध भएको विद्युत आपूर्ति बिहीवार दिउँसोदेखि सञ्चालनमा आएको हो । बुधवार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगंज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो । आगलागीलाई वरूण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो । १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा बिहीवार विद्युत आपूर्ति पुनः अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दूवेले जानकारी गराए ।
Facebook Comments Box

ताजा खबर

बारामा किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

वीरगंज , मसिर - १२ बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति एक पुरुषको घाँटी रेटेर हत्या भएको छ। हत्या गरिएका व्यक्ति...

सम्बन्धित खबर

- Advertisement -neelambads