जनकपुर, २ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बिहीवार पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छन् । पार्टी तथा संसदीय दलले सिंहलाई पटक–पटक मुख्यमन्त्री पदबाट फिर्ता हुन आग्रह गरे पनि उनले बेवास्ता गरेका कारण मुख्यमन्त्री सिंहमाथि अनुशासनात्मक कारबाही गर्न सिफारिस गरिएको हो । मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएकोमा त्यो समय हिजै सकिएपछि पार्टीबाट कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेको उनले बताए । मुख्यमन्त्री सिंहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गर्नुपर्ने प्रस्ताव गरिएको उनले जानकारी गराएका छन् ।
Facebook Comments Box