search

विश्वकर्मा पूजाकै दिन सबस्टेशनमा आगलागि र विद्युत आपुर्ती ठप्प बन्दाको समस्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ असोज ।
पर्सा बारामा विद्युर्ती ठप्प बन्दा दुई दिन देखि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

विद्युत अपुर्ती बन्द हुदाँ सर्वसधारण,अस्पताल,होटल,रेस्टुरा,विद्यालय कलेजलगायत क्षेत्रमा पनि त्यसको निकै नाकारात्मक असर परेको बुझिएको छ । बुधवार हेटौडा ग्रिडअन्तर्गत रहेको भुलही परवानीपुर सबस्टेशनमा अपरान्ह आगलागीका कारण अवरुद्ध भएका १४ वटा फिडरको लाइन अवरुद्ध भएको थियो ।

परवानीपुरको सबस्टेशनको ब्रेकरको प्यानल कक्ष शर्ट सर्किट भएर पूर्णरुपमा क्षतिग्रूस्त भएको थियो ।रातभरी कर्मचारीहरुले कामगरी बिहीवार विहानदेखि वीरगंज आसापासको लाइन सुचारु गर्दा विहान साढे ९ बजे समेत पिलुवामा रहेको सबस्टेशनमा समेत आगलागी भएर क्षति हुदाँ बिहीवार दिनभरी पनि लाइन अवरुद्ध भएको थियो ।जसले गर्दा अधिकांश जनताको घरमा पानी आपुर्ती असहज भएको थियो ।तर बिहवर आसाmभ ४ बजेपछि लाइन पुनः सूचारु भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख अवधेश दुबेका अनुसार्रै सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरमा अहिले लाइन चालू भइसकेको जनाए ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads