search

spot_img
spot_img

कुखुरा चल्ला सहित मोटरसाइकल बरामद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ०३ असोज । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१९ केहुनिया स्थित नं. १३ गण हे.क्वा. पर्साबाट स.प्र.स.नि. संजिव कुमार यादवको कमाण्डमा खटिएको ७ जनाको गाडी मोवाईल टोलीले ठूलो परिमाणमा प्रतिबन्धित बोईलर कुखुरा चल्ला बरामद गरेको छ।

मोवाईल टोलीले भारततर्फबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएका करिब ४,००० वटा चल्ला (अ.मूल्य करिब रु. १,००,०००) बरामद गरेको हो। प्रहरीले बताएअनुसार मोटरसाइकल चालकले टोली देख्नेबित्तिकै मोटरसाइकल छाडी फरार भएका थिए।

बरामद गरिएका चल्लाहरूलाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टिन कार्यालयका प्रतिनिधिको उपस्थितिमा गणको पेरिमिटरभित्र खाडल खनेर पुरेर नष्ट गरिएको छ।

नं. १३ गणका अनुसार बरामद मोटरसाइकललाई भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ। सुरक्षाबलले यस्ता अवैध गतिविधि रोकथामका लागि सीमा क्षेत्रमा निगरानी अझ कडाइका साथ गर्ने जानकारी दिएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

संविधान दिवसमा जीतपुरसिमरामा रक्तदान कार्यक्रम

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, जीतपुर बाराको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी...

सम्बन्धित खबर

- Advertisement -neelambads