search

ग्रिनसिटी सामुदायिकद्वारा एसपी मिश्रको बिदाइ कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्दै मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी अवधारणा प्रवद्र्धनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। एसपी मिश्रको कार्यशैली, इमानदारिता र जनताप्रति उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै जनमित्र प्रहरी प्रमुखले पर्सामा काम गर्दा यहाँको सुरक्षात्मक वातावरण थप मजबुत भएको र उहाँको योगदानलाई सदैव सम्झने भन्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रूङटा वेल्फेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रूङ्गटा लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads