search

spot_img
spot_img

मरम्मतपछि वीरगंजको घण्टाघर एक दशक दह्रो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असोज । वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो। सात महिना लगाएर मर्मत सम्भार गरिएको हो। गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा शहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगंजले घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए। ‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढंगले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो,’ उनले भने, ‘अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ।’ घण्टाघर वरपर सवारीसाधनको चाप अत्यधिक हुने गरेको छ। सवारीसाधन र यात्रीको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात झालीले ढाकेर मर्मतसम्भार गरिएको महाशाखा प्रमुख झाले बताए। ‘अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौं,’ उनले भने, ‘मर्मतपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौं। यद्यपि घण्टाघरभित्रका संरचना पुरानो हुँदै गएका छन।’ महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताए। ‘अहिलेसम्म त बिल तयार भइसकेको छैन,’ उनले भने, ‘अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौं।’ घण्टाघर निर्माणको ठेक्का महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो। घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको थियो। ‘घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो,’ उनले भने। घण्टाघर सन् १९७९ फेबु्रअरी ८ तारिखमा तयार भएको मानिन्छ। त्यो बेला जापानको योनागो शहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर वीरगंज घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको थियो। रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ग्रिनसिटी सामुदायिकद्वारा एसपी मिश्रको बिदाइ कार्यक्रम

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा...

सम्बन्धित खबर

- Advertisement -neelambads