search

spot_img
spot_img

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसनसको आठौं बार्षिक सभा सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ असोज ।  नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसनस लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एलो पगोडामा सम्पन्न भएको हो ।

प्रबन्ध संचालक रमेश कुमार भट्टराईले साधारण सभामा उपस्थित शेयरधनी र आमन्त्रित महानुभावहरूको स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन र सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने आवश्यकताका वारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य प्रस्तुत गर्नु हुँदै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको वारेमा जानकारी गराउनुभयो । संचालक अजय कुमार मिश्रले उद्योग ब्यबसायमा लगानी गर्दाको जोखिम तथा समयानुकुल लगानी गर्दाको फाइदा वारेमा अवगत गराउनुभएको थियो ।

साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र  विजय बहादुर शाहले  कम्पनीको वारेमा विभिन्न जिज्ञासा राख्नु भएको थियो ।

अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले उठेको जिज्ञासा र प्रश्नहरूको उत्तर दिनुभएको थियो ।

सभाले आ.व.२०८१।०८२को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप ब्यबस्था गर्ने र आ.व. २०८२।०८३ को लागि लेखा परिक्षकको नियुक्ति पारित गरेको थियो । त्यसै गरी जारी तथा चुक्ता पूँजी ५० करोड पु¥याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर विक्रि गर्न, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ ।

नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको  हो । यो कम्पनी विगत ६ वर्ष देखि निरन्तर खुद मुनाफामा रहेको, गत वर्ष नगद लाभांश वितरण गरेको, यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको र नेटवर्थ पनि अंकित मुल्य रू.१०० भन्दा बढी रहेकोले अव नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र ब्यबसाय बृद्धि गर्न गइरहेको जानकारी गराइएको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्सागढीमा हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल

वीरगंज, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल भएको छ । नगरपालिकाका प्रमुख...

सम्बन्धित खबर

- Advertisement -neelambads