search

spot_img
spot_img

सीआईबी प्रमुखमा पुन: केसी नियुक्त

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो । तर, भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहेका केसीलाई महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय भएको हो ।

यसअघिको काँग्रेस एमाले सत्ता गठबन्धनले केसीलाई महत्त्वपूर्ण जिम्मेवारीबाट अलग राखेको थियो । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको चर्चा छ । काँग्रेस नेतृ तथा पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणाविरुद्ध अनुसन्धान अगाडि बढाएका केसीलाई तत्कालीन सरकारले पूर्वाग्रही ढङ्गबाट सरुवा गरेको थियो ।

यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडी ल्याइएको थियो । प्रहरीमा चार एआईजी रहेकामा केही दिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो ।

आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्त्वपूर्ण विभागहरू रिक्त छन् । हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईमा भक्तजनको घुइँचो

वीरगञ्ज ६ असोज । नेपालको प्रमुख सांस्कृतिक पर्वमध्ये एक बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई...

सम्बन्धित खबर

- Advertisement -neelambads