search

spot_img
spot_img

वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईमा भक्तजनको घुइँचो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ६ असोज । नेपालको प्रमुख सांस्कृतिक पर्वमध्ये एक बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरमा बिहानैदेखि दर्शनार्थी र भक्तजनको ठूलो घुइँचो लागेको छ ।

स्थानीय तथा छिमेकी जिल्ला र भारतबाट समेत आएका श्रद्धालुहरूले पूजा–अर्चना गर्दै देवीको दर्शन गरेका छन् । धार्मिक आस्था र श्रद्धाले ओतप्रोत भक्तजनहरूको भीडले मन्दिर परिसरलाई उल्लासमय बनाएको छ ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजताका लागि विशेष व्यवस्था गरेको छ । भीड नियन्त्रण र प्रत्येक श्रद्धालुलाई सहज ढङ्गले पूजा गर्न सक्ने वातावरण सिर्जना गर्न समिति सक्रिय रहेको छ ।

मन्दिरको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू खटाइएका छन् । यसका साथै, विशेष सिसिटिभी क्यामेरा जडान गरिएको छ भने ड्रोनमार्फत निगरानीको व्यवस्था मिलाइएको छ ।

भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै मन्दिरमा मोबाइल फोनको प्रयोग, टिकटक बनाउने, तस्बिर खिच्ने र भिडियो बनाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ । माइस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले श्रद्धालुहरूलाई महँगा गरगहना नलगाउन, बालबालिकाको विशेष ख्याल राख्न र कुनै समस्या परेमा समितिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

बडादसैँको अवसरमा गहवामाई मन्दिरलाई भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष दसैँमा यहाँ भव्य मेला लाग्ने गर्दछ, जसमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनलगायत नेपालका विभिन्न क्षेत्र तथा भारतको बिहार र उत्तर प्रदेशबाट हजारौँ भक्तजन आउने गर्छन् । विशेषगरी फूलपातीदेखि नवमीसम्म मेला उत्सवमय हुन्छ ।

अष्टमीको दिन परेवा, खसी र बोकाको बलि दिने परम्परा पनि रहेको छ । इतिहासकारहरूका अनुसार, गहवामाई मन्दिरमा सयौँ वर्षदेखि दसैँमा मेला लाग्दै आएको छ ।

यस वर्षको दसैँलाई थप विशेष बनाउँदै विश्व हिन्दु परिषद्ले नेपालमै पहिलो पटक घटस्थापनाको दिन ‘चुनरी यात्रा’ आयोजना गरेको छ । सोमबार अपराह्न ३ बजे गहवामाई मन्दिरबाट सुरु हुने यो यात्रामा १ सय ५१ मिटर लामो चुनरीलाई १५ सयभन्दा बढी भक्तहरूले हातमा बोकेर नगर परिक्रमा गर्नेछन् । यात्रा नगर परिक्रमा पछि मन्दिरमा विशेष पूजा–आराधनासहित समापन हुनेछ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सीआईबी प्रमुखमा पुन: केसी नियुक्त

वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads