वीरगंज, ६ असोज । वीरगंजको विभिन्न पाँच स्थानमा यात्री सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको संयुक्त पहलमा हेल्पडेस्क स्थापना गरिएको हो । डिएसपी लम्सालले यात्रीको भीड बढी हुने समयमा यात्री सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान गर्ने बताए । घन्टाघर, वीरगंज भन्सार क्षेत्र (शंकराचार्य गेट), बसपार्क चौक, परवानीपुर चौकमा स्थापना गरिएको हेल्पडेस्कले यात्रीहरूको सुरक्षामा सुधार ल्याउने र दुर्घटना वा अन्य सम्भावित समस्या कम गर्ने डिएसपी लम्सालले बताए । ् ट्राफिक प्रहरी प्रमुख भट्टले चाडपर्वको समयमा यात्रीहरूको भीड अत्यधिक हुने भएकाले यात्रीलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पु-याउने बताए ।
Facebook Comments Box