वीरगंजमा, ६ असोज ।
पर्सा प्रहरीले दशै तिहार,छठको अवसर पारी वीरगंजमा चाडबाडलक्षित सुरक्षा योजना अनुरुप सुरक्षा रणनीति अनुसार काम गरिरहेको छ । पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार हरेक वर्षझै यसवर्षमा पनि चाडबाडलक्षित सुरक्षा योजना अनुसार प्रहरी अघि बढेको हो ।
खास गरी, दशै ,तिहार,छठको अवसरमा भीडभाड बढि हुने वीरगंजको मेला,जोखिमयुक्त ठाउँ जस्तै बैंक तथा बितिय संस्थाहरु,सुनचादी पसल वा विभिन्न मन्दिरको दर्शन गर्ने ठाउँमा भीडभाडको समयमा अपराधिक गतिविधिलाई निस्तेज पार्न यस्तो रणनीति बनाएर सुरक्षा व्यस्था कडा पारिएको छ । वीरगंजसंगै पर्साका अन्य जोखिमपूर्ण ठाउँमा गरी करिब ७ सय सुरक्षाकर्मी परिचालन गरिएको समेत उनले जानकारी गराए । संगै गहवामाई मन्दिरमै जुनियर प्रहरी अधिकृतको कमान्डमा महिला प्रहरीसहित १२ जना प्रहरी तैनाथ गरिएको समेत उनले बताए।
मेला वा दर्शन गर्ने बेला चुनचादीको समान बढि लुछिने परिपाटी बढदै गएको वा हराउने,चोर्ने गतिविधि हुने भएकोले यस्तो अवस्थामा श्रद्धालुले सुनचादीको गहना नलगाएर आउन समेत प्रहरीले माईकिङबाट जनचेतना जगाइरहेको समेत उनले बताए । साथै, सीमा क्षेत्रमा चोरी तस्करी र भन्सार छलीको समान कडाईको साथ निगारानी गरिएको समेत उनले बताए । चाडबाडको नाममा भन्सार छलीको समान भित्रियाउन नपाइने समेत उनले बताए । साथै वीरगंजमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनालगायतको सुरक्षा टोली संयुक्त गस्ती गरिरहेको समेत उनले जानकारी गराए ।