search

सशस्त्र प्रहरीद्वारा ५ लाखको सामान बरामद

पढ्न छुटाउनुभयो ?

बीरगंज ७ असोज । बीरगंज महानगरपालिका–१६ स्थित नगवा पानी टंकीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरू भण्डारण गरिएको सूचनाको आधारमा नं. सशस्त्र प्रहरी १३ गण पर्साले आज छापामारी गरी नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारी र बीरगंज भन्सार कार्यालयका ना.सु. सुवर्ण पौडेलसहितको संयुक्त टोलीले सो स्थानमा पुगेर छापामारी गर्दा करीब पाँच लाख बराबरको कपडा तथा किराना सामान बरामद गरेको बताइन्छ । बरामद सामानलाई बीरगंज भन्सार कार्यालय पर्सामा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads