वीरगंज ७ असोज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परी मृत्यु भएकी सखुइ जमुनियाकी ४५ वर्षीया सोशीलादेवी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाको वीरगंजस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी हजराको परिवारलाई गापा अध्यक्ष जसवन्त यादवले १ लाख रूर्पयाँ दिने निर्णय गरेको जनाएको छ । रूंगटाको घरमा कामदारका रूपमा कार्यरत हजरा जलेपछि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमवार मृत्यु भएको थियो ।
Facebook Comments Box