search

spot_img
spot_img

कुन्ती देवीले जीउमैं कलश स्थापना गरी नौ दिने व्रत

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगज, ८ असोज । पर्साको धोबिनी गापा–२ भिखमपुरमा अनौठो नवरात्रि पूजा भइरहेको जानकारीमा आएको छ । स्थानीय शम्भु सहनी मलाहकी ४५ वर्षीया पत्नी कुन्ती देवीले जीउमैं कलश स्थापना गरी नौ दिने व्रत गरिरहेकी छन् ।

विगत १६ वर्षदेखि नवरात्रि व्रतको उपासना गर्दै आएकी कुन्तीलाई सपनामा आएर माता दुर्गा भगवतीले काँडाको ओछ्यानमा सुतेर पेटमा कलश राखेर व्रत गर भन्दै आदेश दिएकीले आफूले यस्तो कठोर विधि रोजेको बताइन् । उनको यस्तो पूजापाठको तरीका हेरेर गाउँलेहरू पनि छक्क परेका छन् । बिहान ६ देखि राति ९ बजेसम्म उनलाई दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको गाउँमा अहिले ताती लागिरहेको छ ।

कुन्तीमा देवीदेवताको शक्ति रहेको स्थानीय गाउँले हरि पटेल बताउँछन् । आइतवार, मङ्गलवार उनी दीन–दुःखीहरूको पीडा कम गर्ने कार्य गर्ने गरेकी गाउँले बताउँछन् । दुई दिनदेखि निर्जला उपवासहित व्रतमा सुतिरहेकी कुन्तीले एक चम्चा जल पनि सेवन नगरेको बताउँछिन् ।

काठको खाटमा करीब १५ किलो दुई इन्चको फलामको किला ठोकेर माथिबाट नीमको पात र हाँगा राखेर कुुन्ती सुतेकी छन् । सुतेको अवस्थामा उनको पेटमा दियोसहितको कलश राखिएको दृश्य देखेर गाउँलेहरू दर्शन गर्न र उनको व्रतको सफलताको कामना गर्दै दुर्गा मातासँग प्रार्थनासमेत गर्ने गरेको स्थानीय साहेब पटेल बताउँछन् । यो कार्यमा कुनै किसिमको छलकपट नरहेको र साँच्चै कठोर व्रतकै प्रतीक कुन्ती देवीले यस वर्षको नवरात्रि व्रत गरिरहेकी उनले बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads