search

म अर्केष्ट्रामा नाचेको होइन,गाउँको उत्सवमा नाचेको हुँ–भाईरल मुखिया साह

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,वीरगंज, ९ असोज ।
दुई दिन यता समाजिक सञ्जालमा पर्साका एक जना मुखियाजीको नाचको कलाकारहरुसंग ट्रयाक्टरमा नाचेको भिडियो भाइरल बनेको छ ।

पर्सा,पोखरीया नगरपालिका वडा नं ८ जगतपुरका नेपाली काँग्रेसबाट गत चुनावमा वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष किशोरी साह तेलीको उक्त भिडियो गाउँमै आयोजित दुर्गा पूजाको दिन यही सोमवार दिउँसो आयोजित कलश यात्राको क्रममा नाचेको भिडियो रहेको बुझिएको छ ।

स्थानीय केही युवकले समाजिक सञ्जालमा उक्त भिडियो काटेर पोस्ट गरेपछि समाजिक सञ्जाल र मिडियामा अहिले उनलाई ट्रोल गरिदैछ । उनले जनप्रतिनिधि भएर पनि अश्लिल हर्कत गरी वडा अध्यक्षको गरिमालाई खस्काएको केहीले टिका टिपण्णी समेत गरिरहेका छन् । यसै विषयमा उनीसंग कुराकानी गर्दा उनले कुनै गलत काम नगरेको दावी गरेका छ । उनले नैरंगीया नदिमा जल भर्ने जाने क्रममा मननपुर गाउँ नजिकै यात्रा पुग्दा गाउँका केही युवकले जबरजस्ती ट्रयाक्टरमा चढाएर नाच्न लगाएको स्पष्ट पारे ।

‘म कुनै अर्केष्ट्रा वा नाचमा नाचेको छैन,गाउँकै एक उत्सवमा नाचेको छु,’उनले भने,‘जसले जे भन्दा हुन्छ,तर मसंग गाउँ समाजको साथ छ,गाउँको जनताको खुशी र मनोरञ्जनको लागि मात्रै नाचेको हुँ ।’ जसले अनर्थ लाग्ने भिडियो बनाएर कुप्रचार गरिराखेका छनु,उनी सबै जनालाई धन्यवाद समेत उनले दिएका छन् । किन भने यस्तो कार्यले उनको लोकप्रियता कम नभएको बरु झनै बढेको समेत उनले दावी गरे ।

यसले अगामि चुनावमा समेत विजयी हुन मद्दत पुग्ने उनको विश्वास छ । उनले दुई पटक वडा अध्यक्षमा विजयी भएर काम गरिरहेको र अगामि चुनावमा जिते भने ह्याट्रिक गर्ने समेत दावी गरे । घर परिवारको केही सदस्यले भिडियो भाइरल बनाउने विरुद्ध जोहेरी दिएर कानुनी कारवाही गर्न समेत सझुाव दिएको तर आफुले ती व्यक्तिहरुलाई धन्यवाद मात्र दिन चाहेको चर्चा गर्दै कसै प्रति रिसराग नभएको समेत उनले बताए । उनले गाउँ समाज र जनताको लागि कर्मट भएर अगामि दिनमा सेवा दिइरहने दावी गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads