वीरगंज, १० असोज । पर्सा जिल्लाको छिहपरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा बिहीवार बेलुकी एक किशोरमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोली प्रहारबाट भिस्वाका १६ वर्षीय गोलु आलम घाइते भएका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । गोली कस्ले र किन गोली हानेको कारणबारे अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उपचाररत गोलुले घर जाँदै गरेका बेला केही युवकसंग विवाद हुंदा गोली चल्दा आफू घाइते भएको बताए । स्थानीयका अनुसार, झलमहियाका युवतीहरू भिस्वा बजारबाट घर जाने क्रममा बाटोमा युवाहरूले जिस्क्याउने गर्दै आएकामा सोही विषयलाई लिएर भिस्वा र झलमहियाका युवाबीच विवाद हुंदा गोली चलेको बताएका छन् ।
Facebook Comments Box