search

spot_img
spot_img

वीरगंजको मेला जम्दैः पसल धमाधम थपिदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,परवानीपुर,१० असोज ।
वीरगंज गहवामाईको मेला दुइै दिन यता, जम्दै गएको छ । वीरगंजको घण्टाघरदेखि आदर्शनगर,लिंकरोड,रेल्वेरोड,मिनाबजार,बसपार्क क्षेत्रमा मेलाको अकार बढदै गएको देखिएको छ ।

वीरगंज मेलामा खासगरी जिलेबी,कपडा,खेलौना,चार्ट,भाजा,मोमा–ेचाउमिन,श्रृगारको समानलगायतको पसल आउने क्रम बढेको छ । दैनिक बजारमा पसल लगाउने विषयमा पसलेहरु वीच विवाद बढिरहेको छ । केही पसलहरुलाई ठाउँ नपाएर मेला बाहिर त्रिपाल तानि सबै समान होल्ड गरी षष्ठीको पर्खाईमा छ । आईतबार विहान देखि मेलामा अत्यधिक भीड बढने अनुमान छ । यस वर्ष दशैमा चतुर्थी दुई दिन परेकोले दशै घटस्थपनादेखि विजयादशी सम्म ११ दिन सम्म दशै मनाइने छ । तर वीरगंजको मेला अष्टर्मी अर्थात असोज १४ गते मंगलबार सम्म राति १२ सम्म लाग्ने छ ।

त्यसपछि उक्त मेला बिन्दावासिनी माईमा सर्नेछ । वीरगंजको मेलामा विहान र साझ श्रद्धालु भक्तजनको घुइचो रहेको छ । गहवाईमाई मन्दिर दर्जन गर्ने श्रद्धालुहको सख्यामापनि वृद्धि भएको विहान ४ बजेदेखि साझ ११ बजे सम्म मन्दिर दर्शन गर्नेहरु पुगिरहेका छन् । मेलामा बोकाको बजारमा पनि रेल्वे रोडमा लागिरहेको छ । बलि दिने भाकल गरेका हरु बोकाको जोहो गरिरहेका छन् । मेलाकोको कारण अहिले वीरगंज घण्टाघरदेखि आदर्शनगर सम्मको सडकमार्गमा जाम लागिरहेको छ ।

सडकमा पसल थप्ने भएकोले सर्वसधारणलाई आवतजावतमा समस्या भइरहेको बुझिएको छ । तर फूलपातीको एक दिन पहिलेदेखि र मेला सम्म भारतीय दूतावासदेखि नै सवारी साधन मेलामा प्रवेशमा रोक लगाउने प्रशासनको तयारी रहेको छ । मेलामा आबाञ्छित गतिविधि रोक्न पर्साका सुरक्षा निकाय पनि लागेको बुझिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads