राधेश्याम पटेल, वीरगंज,१० असोज ।
वीरगंजमा अहिले चाडबाड शुरु भएको छ । अहिले दशैको माहोल छ । बजारमा भाीडभाड र चहलपहल बढेको छ । यही मौकामा वीरगंज बसपार्क छेउछाउ,बाईपास रोड आसपास तथा घण्टाघर विपि पार्क नजिकै तेस्रो लिंगीहरुको आतंक बढेको छ ।
पर्सा प्रहरीका मातहतको प्रहरी यूनिटले सेटिङमा तेस्रोलिंगीहरुको यौनधन्दा र बसपार्क आसपासमा हुने यौनजन्य गतिविधि मौलाएको स्थानीयहरु बताउँछन् । प्रहरीकै मिलोमत्तोमा यौनकर्मी र तेस्रोलिंगीहरुको यस्तो धन्दाले बाईपास रोड र वीरगंजको मुटु मानिने घण्टाघर नजिकै यस्तो बजार चल्ने गर्छ । यौनकर्मी र तेस्रो लिंगीहरुले आफना ग्राहकहरुलाई बेलाकुबेला पिटेको,पैसा लुटेको उजुरी समेत पर्सा प्रहरीमा पर्ने गर्छ । तर पर्सा प्रहरीले खासै वास्ता नदिदाँ उनीहरुको मनोबल बढदै गएको बझिएको छ । केहीले त आफना ग्राहकलाई होटलको कोठमाा लगेर लुट्ने काम समेत गर्छन् ।
अहिले समाजिक सञ्जालमा यस्तो गतिविधिको विरोध भइरहेको छ । साथै,वीरगंजमा मेलाको अवसरमा सुरक्षाको प्रत्याभुति गराउने योजना अनुसार राति ९ बजेपछि नै पसल बन्द गराउन र १० बजेपछि बजार नै बन्द गरी शान्त पार्ने प्रहरीको परिपाटी मेलामा पनि लागु हुदाँ पसलेहरु मर्कामा परेका छन् । जेनजी आन्दोलनको कारण मर्कामा परको व्यवसायीहरु चाडबाडमा राति ११ बजे सम्म पसल सञ्चालन गर्न प्रशासनले दिइनु पर्ने माग राखेका छन् । प्रहरीले चाडै पसल बन्द गराउँदा आफुहरुलाई असर परिरहेको बताइएको छ । वीरगंजको क्यासिनोहरुमा समेत नेपाली जुवाडेहरुको प्रवेशले पनि पर्सा प्रहरीको सेवा प्रवाहमा प्रश्न उठिरहेको छ । प्रहरी प्रशासनकै मासिकको नजरानाको कारण यस्तो अपराधिक गतिविधि निरन्तरता पाएको वीरगंजवासी बताउँछ्न । पर्सामा आएका नयाँ एसपी सुपिदराज पाठकले यस्तो गतिविधिहरुलाई लगाम लागाउनु पर्ने माग राखेका छन् । पर्सा प्रहरीले कबाडी कर असुलीमा समेत अनियमितता भएको प्रति पर्सा प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
यी सबै गुनासोको विषयमा पर्साका प्रहरी उपरीक्षक पाठकसंग बुझ्दा आफु अहिले पर्साको सुरक्षा व्यवस्थाप बुझने काममा लागेको बताए । ‘म दुई चार दिन मात्रै भएको छ आएको ,धेरै कुरा बुझेको छैन,विस्तारै चारै तिर घुम्दै वस्तुस्थिति बुझदै छु,’ उनले भने,‘सबै आएको सूचना र गुनासोहरुलाई भेरिफाई गरी एक्शन लिइरहेको छु,काुनन विपरितको कुरामा निर्मम नै बन्छु ।’ उनले बसपार्कमा प्रहरीले चाडै पसल बन्द गरायो,मेलामा प्रहरीमा प्रहरीले पैसा उठायो,जस्ता पनि गुनासो आएको छ,यी सबै कुरामा आफु गम्भीर भएर पर्साको सुरक्षा सेवा प्रभावकारी बनाउन तत्पर रहेको बताए ।