search

काँग्रेस नेता विश्वप्रकाश वीरगंज पुगे

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असार ।
नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा वीरगंज पुगेका छन् । जेनजी आन्दोलनपछि नेपाली काँग्रेसको जिल्ला तहका पार्टी कार्यालय र पार्टीका नेताहरुको घरधनमा के कति क्षति भएको हो भन्ने आकलन र अवलोकन गर्न उनी पर्सा आएको नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी गराए ।

नेता शर्मा पुर्वी नेपालको झापा,मोरङ,सुनसरी,सप्तरी,सिरहा,धनुषा हुदै मधेशका अन्य जिल्लासंगै पर्सा आई पुगेका हुन् । वीरगंज पुगेर जिल्लाको अवस्थाको बारेमा वीरगंज २४ रामगढवास्थित पार्टी कार्यालयमा नेताकार्याकर्ताहरुसंग छलफल गरी पार्टी कार्यालयमा भएको आगजनीको बारेमा जानकारी लिएका थिए भने पूर्व मन्त्री अजयकुमार चौरसियाको वीरगंज–११ श्रीपुरस्थित आगजनी तथा लुटपाट भएको घरमा पनि पुगेर आवलोकन गर्न जानकारी लिएका छन् । साथै,पछिल्लो समय देशमा फोरिएको राजनीतिक अवस्थाको बारेमा कसरी अगाडि बढदा पार्टीलाई फाइदा हुन्छ,त्यसबारेमा पनि उनले रायसुझाव लिएका छ ।

नेका पर्सा सभापति जनार्दनसिंह क्षेत्री,प्रदेश सांसद श्याम पटेलसुरेन्द्र चौधरी,पर्सा सचिव दिनेश चौधरीलगायत नेता कार्याकर्ताहरु रहेका थिए ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads