search

सशस्त्र प्रहरीद्वारा पटका, कपडा नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असोज । सशस्त्र प्रहरी, बाराले लाखौं मूल्य बराबरको पटका, कपडा लगायत विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले १६ लाख मूल्यको कपडा र पटाकासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादव नेतृत्वको टोलीले बागमती प्रदेश ०१– ०२५ च ६१७६ नम्बरको पिकअप गाडीसहित त्यसमा लोेड रहेको बिल बिजक नभएको १५ लाख ८५ हजार ५०० रुपियाँँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार मूल्य बराबरको ६० बन्डल नागिन पटका बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् । बरामद कपडा र गाडी भन्सार कार्यालयमा बुझाइने र पटाका खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads