search

spot_img
spot_img

सशस्त्रद्वारा लहावरथकरीमा कपडा वितरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असोज । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साको आयोजनामा पकहामैनपुर गाउँपालिका–४ लहावरथकरीमा कपडा वितरण भएको छ ।

सो स्थानका विपन्न परिवारका करिब सय जना बालबालिकाहरुलाई एक–एक थान नयाँ लुगा वितरण गरिएको हो । सशस्त्र प्रहरीको प्रधान कार्यालया काठमाडौंकै निर्देशन अनुसार सीमावासीसंग सशस्त्र प्रहरीको सम्बन्ध सुधारको निम्ति विभिन्न कार्यक्रम आयोजना लक्ष्य लिएको सशस्त्र प्रहरीले सीमावासीका जनताहरुसंग दशैमा खुशी साटासाट गर्न यस्तो कार्य गरेको पर्साका सप्रउ पूरनचन्द्र भट्टले जानकारी गराए ।

‘चाडबाडमा विपन्न परिवारका बच्चाहरु लाई नयाँ लुगाफाटाकेो आशा हुनछ, उनीहरु पनि देशकोकर्णधार हुन्,ती परिवारसंग सशस्त्र प्रहरीको सम्बन्ध राम्रो भयो भने सीमा क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुन्छ,’उनले भने,‘ किन भने देशको सार्वभौमसत्ता सीमाबाट शुरु हुन्छ,ती सीमाक्षेत्रका बासिन्दाबाट शुरु हुन्छ ।’ विजयादशमीका दिन वीरगंज–१६ नगवाका दलित समुदायसंग पनि दशै मनाउने कार्यक्रम पनि तया भएको सप्रउ भट्टले जानकारी गराए । गाउँमा यस्तो कार्यक्रम आयोजना गरी विपन्न परिवारका बालबालिकाहरुको हौसला बढाएकोमा सशस्त्र प्रहरीलाई पकहामैनपुर–४ का वडा अध्क्ष ढेडीप्रसाद यादवले सराहना गरे ।

उनले यस्तो कार्यले बच्चाको मनोबल बढने र उनीहरु पढाईप्रति पनि जागरुक हुने उनले विश्वास व्यक्त गरे । प्रस्तावित सीमा सुरक्षा गुल्म लहावर थकरीका प्रमुख सप्रनाउ महेश खरेलको संयोजनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार,स्थानीय सर्वसधारणहरुको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads