search

पर्व आपसी सदभाव बढाउँछ–रक्सौल एसडिओ मनीष कुमार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असोज । रक्सौलका एसडिओ मनीष कुमारले पर्वले एक आपसमा सौहार्दता र आपसी सदभाव बढाउने गरेको बताएका छन् ।

दैनिक जागरण पत्रिकाद्वारा रक्सौलको पंकज बाटिकामा आयोजित ‘जागरण डान्डिया’ कार्यक्रममा मुख्य अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हु्न् ।

नवराधी अर्थात दशैको अवसरमा यस्तो कार्यक्रम आयोजना हुनु र रक्सौलवासी एउटै थलोमा भेटघाट,नाचगान गरी डान्डिया खेलर खुशी साटासाट गर्नू अविस्मरणीय क्षण आफुलाई लागेको उनले चर्चा गरे ।

कार्यक्रममा रक्सौल,सिकटा,आदापुर,सुगौली,रामगढवा,मोतिहारीलगायतका दैनिक जागरणका प्रतिनिधि एवं शुभेच्छुकहरुको सहभागिता थियो । कार्यक्रमा भोजपुरी अभिनेत्री क्वीन सालिनी,भजन गायकहरुले साङ्गेतिक प्रस्तुति दिएका थिए ।कार्यक्रममा दैनिक जागरण रक्सौलका पत्रकार विजय गिरीले कार्यक्रम संयोजन गरेका थिए ।

दैनिक जागरणको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads