search

spot_img
spot_img

क्यान्सर पीडित सुरज बचाउ अभियान जारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, १३ असोज । पर्सा,कालिकामाई गाउँपालिका–५ बिरञ्चीबार्वाका ब्लड क्यान्सर पीडित सुरज राउत कम्कर बचाउँ अभियान जारी रहेको घर परिवारले जनाएका छन् ।

२६ वर्षिय सुरजको उपचार हाल त्रिवि टिचिङ अस्पताल महाराजगंज,काठमाडौंमा भइरहेको निजको परिवारले जनाएको छ । सुरजका बुवा चन्द्रिका राउतले, छोरो केरलाको एउटा टायल्स र मार्बल उत्पादन गर्ने उद्योगमा केही वर्षदेखि काम गर्दै आएकोमा अढाई महिनाअघि विरामी परेपछि उपचारको क्रममा उनलाई ब्लड क्यान्सर पुष्टि भएको बताए । त्यसपछि उनको उपचार काठमाडौमा भइरहेको बताए ।

सहयोग र कर्ज काढेर हाल सम्म करिब पौने ७ लाख रुपैया खर्च भइसकेको उनले जानकारी गराए । तीन दाजुभाई र एक बहिनी मध्ये सबैभ्नदा जेठा दाई हुनु, सुरज । उनको विवाह ८ वर्ष अघि पर्साको जगरनाथपुरकी रिसा देवीसंग भएको थियो । सुरजको २ छोरी र एक छोरा छन् । बुवाको नाममा १२ धुर घडेरी बाहेक धनसम्पति पनि केही नरहेकोले छोरोको उपचारमा कठिनाई भइरहेको सो परिवारको दावी छ ।

जसको कारण समाञ्जिक सञ्जाल मार्फत सुरज बचाउ अभियान चलाइएको छ । सुरजका माईला भाइ निपक राउतको नामले ग्लोबल आईएमई बैंकमा रहेको खाता नं ३६४०७०१०००३७२३ मा वा निपकको व्यक्तिगत मोबाईल नं ९७०३८२१७१० मा सम्पर्क गरी सहयोग गर्न सकिने छन् ।

सुरजको स्वास्थ्य अवस्थाको कारण पुरै बिरञ्जीबार्वा गाउँनै दुखित बनेको कालिकामाई गापाका पूर्व वडा अध्यक्ष पवन तिवारी बताउँछन् । उनलाई सहयोग जुटाउन अभियन्ताहरु लाग्नु पर्ने बताएका छन् । उनको उपचारमा करिब २० लाख लाग्ने र २ वर्ष उपचार भएपछि उनको रोग निको हुने चिकित्सहरुले आश्वासन दिएका छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads