search

साढे ९ किलो चरेससहित भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ असोज । सशस्त्र प्रहरी पर्साले साढे ९ किलो चरेससहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । असोज १३ गते सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट स.प्र.स.नि. नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा चेक जाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा फल्स बटम बनाई ९ किलो ५२२ ग्राम चरेश लुकाइछिपाइ भारत लैजाँदै गरेको अवस्थामा एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरी कानुनी कारबाहीका लागि सम्बन्धीत निकायमा बुझाउने तयारी भइरहेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुचना सुरज कार्कीले जनाएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads