search

गापा अध्यक्षले आर्केस्ट्रा मगाएर चलाएपछि विवाद, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

पढ्न छुटाउनुभयो ?

वीरगंज १७ असोज । बारा जिल्लाको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश कुमार यादवले बडादशैंको बिदाको दिन कार्यालयभित्रै आर्केस्ट्राका महिला कलाकारहरू नचलाएपछि स्थानीय बासिन्दाले कार्यालय घेराउ गर्दै विरोध गरेका छन् । गापामा अश्लीलता फैलाएको भन्दै बिहीवार राति करिब २ बजेसम्म स्थानीयले नाराबाजी र घेराउ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न चार राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएको छ । स्थानीयले ढुंगामुढा गरेको कारण गापाको एउटा झ्यालको सिसा फुटेको उनले बताए । घटनाबारेमा जिल्ला प्रशासन कार्यालयले छानबिन भइरहेको जनाएको छ । गापा अध्यक्ष राजेश कुमार यादवले यसबारे प्रतिक्रिया दिन चाहेका छैनन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads