search

spot_img
spot_img

क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १९ असोजः ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक सुधारको कार्य थालिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने मौसममा सुधार भई वर्षा कम हुने जानकारी गराएको छ ।
शुक्रबारदेखि आजसम्मको लगातार भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडकमा अवरोध तथा यातायातमा ठूलो असर परेको मन्त्री घिसिङको भनाइ छ । “प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै, प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्र गति दिइरहेको छ”, उहाँले भन्नुभयो ।
विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति भने हुन नपाएको मन्त्री घिसिङले जानकारी दिनुभयो । काठमाडौँदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन राजमार्गमा यातायात सञ्चालनमा अवरुद्ध नभएको सडक विभागको भनाइ छ ।
विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गको अवरोध हटाउने कार्यमा पनि चाँडै प्रगति हुने बताउनुभयो । सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads