search

spot_img
spot_img

जितपुर बजारमा १० महिने नाबालिका फेला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असोज । बाराको जितपुर बजारमा एक जना १० महिने अपरिचित नाबालिका फेला परेकी छन् ।

जितपुर प्रहरीले गत बिहीवार विजयादशमीको दिन राति ११ बजे जितपुरको मगरटोलबाट फेला पारी स्थानीयको जिम्मा लगाएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिल गुप्ताको पहलमा सोही वडाकी वडा सदस्य सीता उप्रेतीलाई उक्त बच्चा जिम्मा लगाइएको हो ।

हाल उक्त बच्चाको खोजी कार्याको लागि विभिन्न अधिकारकर्मीहरु लागे तापनि उनको घरपरिवारका सदस्यहरु कोही पनि सम्पर्कमा नआएको बुझिएको छ । बारा जितपुर निवासी रिना बजगाईले चौतर्फी सन्देशमुलक भिडियो हाल्दा पनि उक्त बच्चाको परिवारजन सम्पर्कमा नआएको बताइन् । रातिको समयमा कपडाको झोडा छेउमै राखेर कपडामा सुतिरहेकी अवस्थामा उनलाई छोडिएको थियो ।

लामखुटेले नाबालिकाको खुटामा टोकेर उनी विउझिएपछि रुन थालेपछि उनलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । बच्चासंग भेटिएको कपडा र बेतियाको कपडा पसलको झोलाले बच्चा बिहारकै भएको अशंका छ । ती बच्चालाई अपहरण गरी जितपुरमा ल्याइएर छोडिएको हुन सक्ने बताइएको छ । बच्चा छोडने गिरोहका केही व्यक्तिको सिसिटिभी फेला पर्दा सम्म बारा प्रहरीले यस घटनाको सुक्षम छानबिन गर्न नसकेको बुझिएको छ । त्यो घटनामा केही जितपुरका पनि स्थानीयहरुको संलग्नता रहेको बुझिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads