search

spot_img
spot_img

अबिरल वर्षाले अहिले पनि वीरगंज डुबानमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असोज । लगातार वर्षात्को कारणले वीरगंज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षात्को कारणले वीरगंज महानगरको अधिकांश वडामा पानी जम्मा भएर डुबानको समस्या देखिएको हो ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षात्को कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ ठूलो धनजनको क्षति हुन भने पाएको छैन । महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ,उनले भने ।

सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए ।सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ भनी उनले भने ।

महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति नभएको उनले बताए । प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको बताए । पानीले हुन सक्ने डुबानलाई लक्षित गरेर टोल–टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ति ठाउँहरु खुल्ला रुपमा राखिएका छन् ।

सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेका छन् । । केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठुलो प्रकृतिको क्षति हुन नपाएको उनले दावी गरे । विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads