search

spot_img
spot_img

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारमा परिचालन गर्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालमा रहेको डुङ्गा (वोट) सहितको उपकरण एवं जनशक्ति तथा नेपाल प्रहरी, वीरगंज महानगरपालिका तथा अन्य स्थानीय तहहरुको नगर प्रहरीको सहयोगमा तत्काल उद्दारको काम गरी सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिसाउने निर्णय गरेको छ । सो बैठकले भिषण वर्षाका कारण डुवानमा परी आफ्नो स्वायी वसोवास छोडी अस्थायी अधयको रुपमा विभिन्न विद्यालय, धर्मशाला लगायतका स्थानमा बसिरहेका नागरिकहरुलाई तत्कालै खाना, पानी समेतको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

त्यस्तै गरी गैर खाद्य सामग्री मानवीय सहायता स्वरूप उपलब्ध गराउनु पर्ने भएकोले सोका लागि सहायता उपलब्ध गराउन सबै स्थानीय तह, उद्योग वाणिज्य संघ, रेडकस, गैर सरकारी संस्था महासंघ समेतका गैर सरकारी संघ संस्था, विकास साझेदार संस्था (युनिसेफ, विश्व स्वास्थ्य संगठन समेतका संघ संस्था एवं निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । सो बैठकले विभिन्न निकायबाट प्राप्त सहायतालाई विपद्बाट पिडीत तथा प्रभावित व्यक्ति घर परिवारको आवश्यकताको आधारमा वर्गीकरण गरी स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत वितरण गर्ने, प्राप्त सहयोगको सङ्कलन गरेर स्थानीय विपद् जोखिम तथा न्यूनीकरण समितिको निर्णय सहित माग गर्ने हाललाई वीरगंज महानगरपालिका क्षेत्रभित्रको हकमा वीरगंज महानगरपालिका मार्फत र अन्य स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहवाट एकद्वार प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै गरी विद्युत, खानेपानी, स्वास्थ्य, टेलिकम लगायतका अत्यावश्यक सेवा उपलब्ध गराउन निकायका जनशक्ति आवश्यक सवारी साधन र अन्य लजिष्टिक सहित फिल्डस्तरमा खटिने, तत्कालै सेवा उपलब्ध गराउने पनि निर्णय भएको छ ।

सशस्त्र प्रहरीको उद्धार कार्य

सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हेक्वा पर्साले वीरगंज–५ मा अवस्थित कारागार कार्यालय वीरगंज पर्साको बन्दीसुधार गृहमा अविरल परेको जमेको पानीलाई निकासको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले मोटर लगाएर जमेको पानीलाई हटाएको हो । सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले विपद्को समयमा सशस्त्र प्रहरी बलले सक्रियतापूर्वक खट्दै आइरहेको बताए । सशस्त्र प्रहरी अंगपंक्तिमा खटिदैँ आइरहेको छ,हामीले पाएको सूचना अनुसार जोखिम क्षेत्रबाट सर्वसधारण पशु चौपायालाई उद्धघार गरेका छौं ,उनले भने । वीरगंज–१६ भुटनदेवि नजिकै बस्ने दीपक श्रीवास्तवको नयाँ घर वरपरबाट चार जनाको परिवारलाई सकुशल उद्धार गरेको छ । त्यस्तै गरी वीरगंज–११ स्थित बिद्यापति नगर बस्ने ७ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानानतरण गरेका छ । त्यस्तैगरी सशस्त्र प्रहरीले शनिबार पोखरीयाबाट खटिएको उद्वारक टोलीले पोखरिया नगरपालिका–२स्थित लमरिया स्थित अबिरल परेको पानिको कारण पानि निकास हुन नसकेको डुबानमा परेका २० परिवारका सदस्यलाई सकुशल उद्धार गरेर आफन्तको घरमा स्थानान्तरण गरेको छ । वीरगंज–२४ रामगढवास्थित वीरगंज गौशाला गाई फर्मभित्र करिव तीन फिट पानीको डुबानमा परेको एक सय ३२ वटा गाईहरुको उद्धार गरेको छ । त्यस्तै गरी विन्दवासिनी गाउँपालिका–२ गर्दौल स्थित वीरगंज–पोखरिया सडकखण्डमा रूख ढलेर बाटो अवरूद्ध भएको सडक पनि खुलाएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अबिरल वर्षाले अहिले पनि वीरगंज डुबानमा

वीरगंज, १९ असोज । लगातार वर्षात्को कारणले वीरगंज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षात्को...

सम्बन्धित खबर

- Advertisement -neelambads