वीरगंज, १९ असोज । सशस्त्र प्रहरी पर्साले बाढीपीडित गर्भवति महिलाको उद्वार गरी अस्पताल पुर्याएको छ । आइतवार साँझ वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेकी एक गर्भवती महिलाको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पर्सा जिल्ला सखुवाप्रसौनी गा.पा–३ निवासी मनोहर चौधरीको पत्नी वर्ष ३१ की रिचा चौधरी वीरगंज–११ श्रीपुरमा बाढी आएपछि बिचल्लीमा परेकी थिइन् । उनको सशस्त्र प्रहरी नं.१३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको उद्धार टोलीले उद्धार गरी वीरगंज हेल्थ केयर अस्पतालमा पुर्याएका थिए ।
Facebook Comments Box