search

spot_img
spot_img

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।
सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।
यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान

वीरगंज, २० असोज ।  भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा...

सम्बन्धित खबर

- Advertisement -neelambads