search

spot_img
spot_img

पर्साका बाढीपीडितलाई राहत वितरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा (एनजिओसिसी)ले डुबान प्रभावित क्षेत्रमा राहत खाद्यान्न वितरण गरेको छ । एनजिओसिसी पर्साका जिन्सी प्रमुख दुलारचन्द प्रसाद साहका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर ११ डोमबस्तीमा ३० परिवारलाई राहत वितरण गरिएको छ । साथै हैजा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । बाढीले पानी दुषित भएकोले पानी उमालेर मात्र पिउन सचेत गराइएको एनजिओसिसी, पर्साले जनाएको छ । यसैगरी पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाको दलितवस्तीका स्थानीयलाई पोखरिया नगरपालिकाले राहत सामग्री वितरण गरेको छ । बाढी र डुबानबाट पीडित दलित वस्तीका ७५ परिवारलाई नगरपालिकाले राहत स्वरूप चामल, दाल, नून, तेल, प्याज, आलु, सोयाबिन, तरकारी मसालाका साथै त्रिपाल वितरण गरेको हो । राहत वितरण गर्दै मेयर चौहानले पीडितहरूलाई थप कुनै समस्या वा असुविधा भए तत्काल समाधान गर्न नगरपालिकाका कर्मचारी र नगर प्रहरीलाई निर्देशन दिए । कार्यक्रममा वडाध्यक्ष महेन्द्र महतो चाई, वडा सदस्य पन्नालाल राम, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, प्रशासन शाखा प्रमुख सञ्जय कुमार पाण्डेय, विपत ब्यवस्थापन शाखा प्रमुख राजेश पटेललगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads